सरकारी वकिललाई थप बलियो बनाउने प्रयास गर्नेछु : महान्यायाधिवक्ता पोखरेल
बिहीबार, १४ पुस २०७९, २२ : २९
महान्यायाधिवक्ता डा.दीनमणि पोखरेलले आफूले सरकारी वकिललाई थप बलियो बनाउन सक्दो प्रयत्न गर्ने बताएका छन् । राष्ट्रपति कार्यालयबाट पद तथा गोपनीयताको शपथ लिएर महान्यायाधिवक्ताको कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले नियमित कामका साथै थप सुधारका कामलाई प्राथमिकता दिने बताए ।
“मेरो कार्यकाल कति रहन्छ, त्यो समयभित्र प्रभावकारी तरिकाले काम गर्नेछु”, उनले भने, “संस्थालाई थप बलियो र राम्रो बनाउने काममा मेरो प्रयास रहनेछ ।”
उनले सरकारी वकिलका सेवा शर्तसम्बन्धी छुट्टै ऐन बनाउन पहल गर्नेसमेत बताए । उनले एउटा व्यक्तिले मात्र सुधारका कार्य सम्भव नभएको हुनाले सामूहिक काममा आफूले विश्वास गर्ने भन्दै यसअघिका महान्यायाधिवक्ताले गरेका सबै राम्रो कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त