कम्युनिष्ट आन्दोलनको समीक्षा गर्नुपर्छ : महासचिव मैनाली
नेकपा (माले) का महासचिव तथा पूर्वमन्त्री सिपी मैनालीले व्यवस्था परिवर्तन गरेपछि अवस्था परिवर्तन गर्न कम्युनिष्ट आन्दोलनको समीक्षा गर्नुपर्ने बताएका छन् । सहिद हरि नेपाल प्रतिष्ठानद्वारा आज आयोजित ४३ औँ स्मृतिसभामा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै महासचिव मैनालीले भने, “नेकपा एमाले र माओवादी केन्द्रबीचको वर्तमान सरकार संयोग भएकाले मुलुक समृद्धितर्फ अघि बढ्ने ढोका खुला भएको छ ।”
कार्यक्रममा नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले वामपन्थी आन्दोलनले विगतमा पुर्याएको योगदानका कारण समग्रतामा मुलुकलाई मूलधारमा ल्याएको भट्टराईले बताए । उनले भने, “नेकपा एमाले एकीकरणको मूल आधार वैचारिक हो ।” स्मृतिसभामा सहिद हरि नेपालका भाइ कृष्ण नेपालले हरिले देश र जनताका लागि सहादत प्राप्त गरेको जानकारी बताए ।
नेपाल सरकारले २०७२ फागुन महिनामा हरि नेपाललाई सहिद घोषणा गरेको थियो । त्यसपछि नेपालको योगदानको कदर भएको सहिद हरि नेपाल प्रतिष्ठानका अध्यक्ष भरतकुमार श्रेष्ठले बताए । सो कार्यक्रममा प्रतिष्ठान कार्यसमितिका सदस्य नवनिर्वाचित सांसद जनता समाजवादी पार्टीकी सुशीला श्रेष्ठ र नेकपा एमालेकी उर्मिला थेवेलाई अभिनन्दन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या