बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नागरिक उन्मुक्ति सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा रामेश्वर चौधरी चयन

बिहीबार, १४ पुस २०७९, २१ : ४३
बिहीबार, १४ पुस २०७९

नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेतामा रामेश्वर चौधरी चयन भएका छन् । कैलाली क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित चौधरीलाई संसदीय दलको नेतामा चयन भएका हुन् । उनी पार्टीको निर्णयमा दलको नेता चयन भएका हुन् ।

संसदीय दलको नेताका लागि उनीसहित चारजनाको दाबी थियो । कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा २ बाट निर्वाचित लक्ष्मणकिशोर चौधरी, प्रदेश १ बाट निर्वाचित कैलाश चौधरी र समानुपातिकतर्फबाट निर्वाचित टीका थापा संसदीय दलको नेतामा दाबी गर्दै आएका थिए ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप