बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

स्वर्गीय राजा वीरेन्द्रलाई यसरी सम्झिइयो

बिहीबार, १४ पुस २०७९, २१ : १६
बिहीबार, १४ पुस २०७९

स्वर्गीय राजा वीरेन्द्र शाहको योगदानको स्मरण गर्दै ७८औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । वीरेन्द्र शान्ति प्रतिष्ठानले बिहीबार जावलाखेलस्थित शालिकमा माल्यार्पण र दीप प्रज्वलन गरी वीरेन्द्रको ७८ औं जन्मजयन्ति मनाएको हो । 

नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका कारण आज पनि वीरेन्द्रलाई जनप्रेमी राजाका रूपमा चिनिने सहभागीले बताए ।  २०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंशनाश भएको थियो । तत्कालीन रानी ऐश्वर्य, युवराज, दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतीलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ । त्यो दिनलाई नेपाली जनताले अहिले पनि कालो दिनका रूपमा लिने गरेको छन् । 

वीरेन्द्र शान्ति प्रतिष्ठाका अध्यक्ष शिबहरि खनालले देशमा स्थायी शान्तिको पहल गर्दै राजा बीरेन्द्रले गरेका कार्यलाई निरन्तरता दिने काममा सरकार तथा सरोकारवाला निकायलाई झकझकाउने कार्यमा प्रतिबद्ध रहेको बताए । उनले राजा वीरेन्द्रको सम्पदालाई संरक्षण गर्नु नै प्रतिष्ठानको मुख्य लक्ष्य भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप