डीएसपी ठगबहादुर केसी निलम्बित

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहसचिव विनोद प्रकाश सिंहले उनलाई निलम्बन गर्ने निर्णय गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई निलम्बन गर्नुपर्ने भन्दै प्रहरी प्रधान कार्यालयमा लेखेर पठाएको थियो । ‘गृह मन्त्रालयले डीएसपी केसीलाई निलम्बन गरेको छ’ प्रहरी प्रवक्ता (डिआइजी) टेक प्रसाद राईले रातोपाटीसँग भने–‘उनीविरुद्ध लागेको आरोपबारे छानबिन भइरहेको छ ।’
‘घुस’ बार्गेनिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पुस १० मा साँझ निवासबाट आन्तरिक नियन्त्रणमा लिएको थियो । अहिले उनलाई जिल्ला प्रहरी कार्यालयस्थित डिएसपीको क्वाटरमा राखिएको छ ।
बुटवलस्थित टेलिकम कार्यालय अगाडीबाट सुनसहित पक्राउ परेका किसन बिकसँग उनले ‘घुस’ लिएको आरोप छ । किसनको साथबाट बरामद गरेको ३४ तोला २१ लाख सुन फिर्ता गरेबापत उनले नगद र चेक लिएका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनको निवासबाट साढे ८ लाख नगद र साढे ९ लाखको चेक बरामद गरेको छ ।
केसीविरुद्ध यसअघि पनि ३ लाख घुस लिएको उजुरी परेको थियो । आईजीपी सचिवालय मातहतको उजुरी छानबिन शाखाले छानबिन गर्दा घुस रकम उनको बैंक खातामा डिपोजिट गरिएको भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन