जलविद्युत आयोजनाको पाँच प्रतिशत सेयर किन्यो कर्णाली सरकारले
बिहीबार, १४ पुस २०७९, १७ : ५४

कर्णाली प्रदेश सरकारले प्रदेश भित्रकै जलविद्युत आयोजनाको सेयर किनेको छ । हिमाली जिल्ला डोल्पामा निर्माण हुने अर्धजलासययुक्त जगदुल्ला जलविद्युत आयोजनाको पाँच प्रतिशत शेयर कर्णाली सरकारले खरिद गरेको हो ।
बिहीबार प्रदेश सरकारलाई सेयर खरिदबापतको प्रमाणपत्र आयोजनाले उपलब्ध गराएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा आयोजना प्रमुख सञ्जलय सापकोटाले मुख्यमन्त्री जीवनबहादुर शाहीलाई सेयर प्रमाणपत्र हस्तान्तरण गरे ।
प्रदेश सरकारले ११ लाख ७१ हजार ५०० कित्ता सेयर खरिद गरेको हो । प्रदेश सरकारले प्रति सेयर एक सयका दरले ११ करोड ७१ लाख ५० हजार सेयर वापतको रकम जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडलाई दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन