आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

फेरि सर्‍यो ए डिभिजन लिग, फागुन १९ गतेबाट हुने

बिहीबार, १४ पुस २०७९, १७ : १५
बिहीबार, १४ पुस २०७९

शहीद स्मारक ए डिभिजन लिग फागुन १९ गतेबाट हुने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबबीच भएको बैठकले लिग फागुन १९ गतेबाट गर्ने सहमति भएको हो ।

 लिग डबल राउन्ड रोबिन फर्म्याटमा खेलाइनेछ  । बैठकमा सबै ए डिभिजन क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बैठकमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष विराटजंग शाही, दीपक खतिवडा र दावा लामा लगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप