शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

मधेश प्रदेश कांग्रेस संसदीय दलको नेतामा यादव निर्वाचित

बिहीबार, १४ पुस २०७९, १७ : ०३
बिहीबार, १४ पुस २०७९

मधेस प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित भएका छन् । जनकपुरधामस्थित पार्टी कार्यालयमा भएको निर्वाचनमा कृष्ण यादव भारी मतान्तरले निर्वाचित भएका हुन् । कृष्णले २२ मध्ये १८ मत पाउँदा अर्का उम्मेदवार रामसरोज यादवले मात्र ४ मत पाए ।

पार्टीको प्रदेश अधिवेशनमा कृष्णसँग राजसरोज पराजित भएका थिए । यसअघि मधेस प्रदेशमा रामसरोज संसदीय दलको नेता थिए । ०७४ मा सर्वसम्मत रुपमा संसदीय दलको नेता बनेका रामसरोज यसपटक कृष्णसँग भारी मतान्तरले पराजित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप