बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

सेञ्चुरी कमर्सियल बैंकद्वारा ४.७५ प्रतिशत बोनश सेयर दिने घोषणा

बिहीबार, १४ पुस २०७९, १६ : ५७
बिहीबार, १४ पुस २०७९

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.७५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बिहीबार सम्पन्न बैंकको बाह्रौं वार्षिक साधारण सभाले सो निर्णय गरेको हो ।  अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले रु. ८,४१,५४,७१,५७६.३० मा सेयरधनीलाई  ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

साथै साधारण सभाले  लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८ /७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाँडमा लगायतका प्रतिवेदन पारित गरेको छ ।  साधारणसभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्झौता समेत पारित गरेको छ ।
 
चालू आवको असोज मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८२.४२ अर्ब र कर्जा रकम रु. ६६.९३ अर्ब परिचालन गरी रु. २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप