शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

महोत्तरीमा बेवारिसे शव फेला

बिहीबार, १४ पुस २०७९, १६ : ५३
बिहीबार, १४ पुस २०७९

महोत्तरीको पिपरा गाउँपालिकामा बेवारिसे शव फेला परेको छ । पिपरा गाउँपालिका–५ स्थित चाँदनी चोक नजिकै पहिचान नखुलेको शव बिहीबार बिहान फेला परेको हो । जनकपुर–जलेश्वर सडक खण्डको उत्तर साइडको कल्भर्ट नजिक जमेको पानीमा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पुरुष जस्तो देखिने शवलाई इलाका प्रहरी कार्यालय सहोडवाबाट मुचुल्कासहित प्रहरीले पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज राईले जानकारी दिए ।
अन्दाजी २५–३० वर्षको तराइ मूलको जस्तो देखिने उक्त शवको विषयमा पोष्टमार्टमपछि थप खुल्न सक्ने प्रहरीले जनाएको छ । -न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप