टी–ट्वान्टी लिग : जनकपुर दोस्रो स्थानमा उक्लियो
जनकपुर रोयल्स पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको दोस्रो स्थानमा उक्लेको छ । बिहीबार भएको खेलमा जनकपुरले फार वेस्ट युनाइटेडलाई ८ विकेटले हराउँदै दोस्रो स्थानमा उक्लन सफल भयो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा फार वेस्टले दिएको १७० रनको लक्ष्य जनकपुरले १८ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गर्यो ।
जनकपुरका लागि सन्दीप जोराले ७७ रनको अर्धशतकीय पारी खेले त्यस्तै चाडविक वाल्टनले पनि अविजित ६९ रनको अर्धशतकीय पारी खेले । फार वेस्टका लागि करण केसीले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ६ विकेट गुमाएर १६९ रन बनाएको थियो । फार वेस्टका लागि करण केसीले सहयोगमा ४६ रन बनाए ।
त्यस्तै भिम सार्कीले अविजित ३६ रन बनाउँदा देव खनाल २२ रनको योगदान गरे । जनकपुरका लागि ललित नारायण राजवंशीले २ विकेट लिए । त्यस्तै सोमपाल कामी र जितेन्द्र मुखियाले समान १/१ विकेट लिए ।
आजको जितसँगै जनकपुर ४ खेलमा ६ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चार खेल खेलेर १ जित हात पारेको फारवेस्टले २ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चियासँग चुरोट पनि पिइरहनु भएको त छैन ?
-
उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्छ : अध्यक्ष अग्रवाल
-
राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे
-
निर्मला पन्तको घटना ह्युमन इन्टेलिजेन्स विधिबाट अनुसन्धान गर्दैछौँ : प्रहरी
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड