जनकपुर टी–ट्वान्टी लिगको दोस्रो स्थानमा उक्लियो
जनकपुर रोयल्स पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको दोस्रो स्थानमा उक्लेको छ । बिहीबार भएको खेलमा जनकपुरले फार वेस्ट युनाइटेडलाई ८ विकेटले हराउँदै दोस्रो स्थानमा उक्लन सफल भयो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा फार वेस्टले दिएको १७० रनको लक्ष्य जनकपुरले १८ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गर्यो । जनकपुरका लागि सन्दीप जोराले ७७ रनको अर्धशतकीय पारी खेले त्यस्तै चाडविक वाल्टनले पनि अविजित ६९ रनको अर्धशतकीय पारी खेले ।
फार वेस्टका लागि करण केसीले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ६ विकेट गुमाएर १६९ रन बनाएको थियो । फार वेस्टका लागि करण केसीले सहयोगमा ४६ रन बनाए । त्यस्तै भिम सार्कीले अविजित ३६ रन बनाउँदा देव खनाल २२ रनको योगदान गरे ।
जनकपुरका लागि ललित नारायण राजवंशीले २ विकेट लिए । त्यस्तै सोमपाल कामी र जितेन्द्र मुखियाले समान १÷१ विकेट लिए । आजको जितसँगै जनकपुर ४ खेलमा ६ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चार खेल खेलेर १ जित हात पारेको फारवेस्टले २ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण