बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारबाट व्यवस्थित यातायात सेवा सञ्चालनमा सहयोग पुग्ने महासंघको विश्वास

बिहीबार, १४ पुस २०७९, १६ : २६
बिहीबार, १४ पुस २०७९

देशभरका यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले नयाँ सरकारबाट देशभर व्यवस्थित यातायात सेवा सञ्चालन हुने विश्वास लिएको छ ।

महासंघको टोलीले आज नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ‘बधाई तथा शुभकामना’ दिँदै नयाँ सरकारले समग्र सार्वजनिक यातायात क्षेत्रको लगानीको संरक्षण गर्दै व्यवस्थित यातायात सेवा सञ्चालन हुने विश्वास लिएको हो ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले नयाँ मन्त्रीको कार्यकालमा समयानुकुल व्यवस्थित यातायात सेवा सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । “नयाँ सरकारको पालामा यातायात व्यवसायीले देशभर नियमित र व्यवस्थित रुपले उपभोक्तामुखी सेवा दिन अभिप्रेरणा मिल्नेछ”, उनले भने । आगामी दिनमा महासङ्घ र मन्त्रालयबीचको सम्बन्ध प्रगाढ हुने विश्वाससमेत महासङ्घले लिएको छ ।

भेटमा नवनियुक्त उपप्रधानमन्त्री तथा यातायात मन्त्री श्रेष्ठले जनतामुखी सेवा प्रवाह गर्न यातायात व्यवसायी लाग्नुपर्ने बताए । यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालय लाग्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप