कसैसँग पार्टी एकीकरणको प्रक्रिया सुरु भएको छैन : खतिवडा
बिहीबार, १४ पुस २०७९, १६ : १९

नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो पार्टी कुनै पार्टीसँग एकीकरण गर्नेगरी अगाडि नबढेको बताएका छन् । ‘बजार हल्लाको भ्रममा नपरौ, हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) कुनै पार्टीसँग एकीकरण गर्नेगरी अगाडि बढेको छैन’, प्रचार विभाग प्रमुख समेत रहेका खतिवडाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यतिबेला पार्टी सुदृढीकरणको योजना बनाउँदै छ ।’
नेता खतिवडाले पार्टी विस्तारका अभियानहरू कसरी अगाडि बढाउने भनेर विचार विमर्शमा भइरहेको पनि बताएका छन् । ‘स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरू आयोजना गर्ने तयारी गर्दैछ’, उनले भनेका छन्, ‘प्रचण्ड नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि निर्णय गरि सकेको छैन, छलफल चल्दैछ । तसर्थ, कुनै पनि प्रकारका प्रायोजित प्रचारको भ्रममा परेर धारणा बनाउन हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली र भारतीय कृषिमन्त्री चौहानबीच भेटवार्ता
-
दुई आयोगका पदाधिकारी र सदस्यका लागि निवेदन दिने १० दिनको समय निर्धारण
-
ट्रम्पले १ सय ४ प्रतिशत कर लगाएपछि चीनले अमेरिकामाथिको कर ८४ प्रतिशत पुर्याइयो
-
इजरायलले गाजामा गर्यो आक्रमण : २९ जनाको मृत्यु
-
नेपालमा चोरी, भारतमा बिक्री : ६ वटा मोटरसाइकलसहित गिरोह पक्राउ
-
पर्सामा लागुऔषध रोकथामसम्बन्धी तीन महिने सचेतनामूलक कार्यक्रमको शुभारम्भ