आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

लामिछाने नेतृत्वको पार्टीबाट सम्भावित मन्त्रीको सूचीमा को–को ?

उपसभामुख पाए सोविता गौतमलाई उम्मेदवार बनाइने
बिहीबार, १४ पुस २०७९, १५ : ५८
बिहीबार, १४ पुस २०७९

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनदेखि पाँच मन्त्रालयमा दाबी गरेको छ । सो पार्टीबाट रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री भइसकेकाले थप मन्त्रीका लागि पार्टीभित्र लबिइङ तीव्र बनेको नेताहरुको भनाइ छ । 
 
रास्वपाले प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा शिक्षा, स्वास्थ्य, सहरी विकास र श्रम मन्त्रालय दाबी गरेको एक नेताले जानकारी दिए ।  ‘हामीले मन्त्रालय भागबन्डा पुर्‍याउन मात्रै दाबी गरेका छैनौं । जनतालाई प्रत्यक्ष लाभ हुने र परिणाम देखाउन सक्ने मन्त्रालय दाबी गरेका छौँ,’ ती सांसदले भने, ‘शिक्षा र स्वास्थ्यमा परिणाम देखाउन सकिन्छ । त्यहाँ भएका थुप्रै विकृति विसंगति हटाउन सकिन्छ भन्ने छ ।’

पार्टी सभापति लामिछानेले विगतदेखि नै श्रमका विषयलाई महत्वका साथ उठाउँदै आएकाले श्रम मन्त्रालय पनि पार्टीले पाउनुपर्ने रास्वपाको भनाइ छ ।  सत्ता साझेदार दलमा राष्ट्रिय स्वतन्त्र पार्टी निर्णायक भएकाले सम्माजनक भागवण्डा हुनुपर्ने ती सांसदले बताए । पार्टीबाट मन्त्री बन्नेमा सबैभन्दा धेरै शिशिर खनाल, सन्तोष परियार, विराजभक्त महर्जन, तोसिमा कार्की, चन्दा कार्की र सुमना श्रेष्ठको चर्चा छ ।  । लामिछानेले भने सांसदको योग्यता र क्षमताका आधारमा मन्त्री चयन गर्ने तयारी गरेका छन् । 

यसैबीच लामिछानेले सत्ता साझेदार दलमा रास्वपाले उपसभामुख पाउनुपर्ने दाबी गरेका छन् । राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष,  सभामुख कतै दाबी नगरेकाले उपसभामुख पाउनुपर्ने दाबी गरेका हुन् । प्रदेशमा हिस्सेदारी नपाउने भएकाले उपसभामुख पाउनुपर्ने दाबी गरिएको अर्का एक सांसदले बताए । 

यदि राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाएमा सोविता गौतमलाई अघि सार्ने तयारी गरिएको  छ । कानुनी विषयमा जानकार भएकाले गौतमलाई उपसभामुखमा अघि सार्ने तयारी भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप