लामिछाने नेतृत्वको पार्टीबाट सम्भावित मन्त्रीको सूचीमा को–को ?
सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनदेखि पाँच मन्त्रालयमा दाबी गरेको छ । सो पार्टीबाट रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री भइसकेकाले थप मन्त्रीका लागि पार्टीभित्र लबिइङ तीव्र बनेको नेताहरुको भनाइ छ ।
रास्वपाले प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा शिक्षा, स्वास्थ्य, सहरी विकास र श्रम मन्त्रालय दाबी गरेको एक नेताले जानकारी दिए । ‘हामीले मन्त्रालय भागबन्डा पुर्याउन मात्रै दाबी गरेका छैनौं । जनतालाई प्रत्यक्ष लाभ हुने र परिणाम देखाउन सक्ने मन्त्रालय दाबी गरेका छौँ,’ ती सांसदले भने, ‘शिक्षा र स्वास्थ्यमा परिणाम देखाउन सकिन्छ । त्यहाँ भएका थुप्रै विकृति विसंगति हटाउन सकिन्छ भन्ने छ ।’
पार्टी सभापति लामिछानेले विगतदेखि नै श्रमका विषयलाई महत्वका साथ उठाउँदै आएकाले श्रम मन्त्रालय पनि पार्टीले पाउनुपर्ने रास्वपाको भनाइ छ । सत्ता साझेदार दलमा राष्ट्रिय स्वतन्त्र पार्टी निर्णायक भएकाले सम्माजनक भागवण्डा हुनुपर्ने ती सांसदले बताए । पार्टीबाट मन्त्री बन्नेमा सबैभन्दा धेरै शिशिर खनाल, सन्तोष परियार, विराजभक्त महर्जन, तोसिमा कार्की, चन्दा कार्की र सुमना श्रेष्ठको चर्चा छ । । लामिछानेले भने सांसदको योग्यता र क्षमताका आधारमा मन्त्री चयन गर्ने तयारी गरेका छन् ।
यसैबीच लामिछानेले सत्ता साझेदार दलमा रास्वपाले उपसभामुख पाउनुपर्ने दाबी गरेका छन् । राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, सभामुख कतै दाबी नगरेकाले उपसभामुख पाउनुपर्ने दाबी गरेका हुन् । प्रदेशमा हिस्सेदारी नपाउने भएकाले उपसभामुख पाउनुपर्ने दाबी गरिएको अर्का एक सांसदले बताए ।
यदि राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाएमा सोविता गौतमलाई अघि सार्ने तयारी गरिएको छ । कानुनी विषयमा जानकार भएकाले गौतमलाई उपसभामुखमा अघि सार्ने तयारी भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण