आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सेयर बजार २०२९.०३ विन्दुमा उक्लियो

बिहीबार, १४ पुस २०७९, १५ : ५३
बिहीबार, १४ पुस २०७९

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार उकालो लागेको छ । नेप्से परिसूचकमा ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा उक्लिएको छ । बुधबार  सेयर बजार ११.८१ अंकले घटेको थियो ।

बिहीबार २५७ कम्पनीको एक करोड ८० लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८६ करोडभन्दा बढीको सेयर कारोबार  भएको छ । हिमालय डिस्टिलरी कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । याे कम्पनीको १२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । नेपाल दूरसञ्चार कम्पनीको १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ । 

हिमालय उर्जा विकास, सानीमा जीवन बिमा र सृजनशील लघुवित्तको १० प्रतिशतले मूल्यवृद्धि भएको छ । यता, धाैलागिरि लघुवित्तको ९.९९ प्रतिशतले मूल्यवृद्धि भएको हो । २०८ कम्पनीमा उकलो लागेको छ भने जम्मा ६ कम्पनीमा ओरालो लागेको छ । 

आज सबै उपसुचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्स कम्पनी ५.३८ प्रतिशतले वृद्धि भएको छ । हाइड्रोपावर ४.९२ र निर्जीवन बीमा ४.३९ प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा कम म्युचुअल फन्ड १.४१ र बैंकिङमा १.८२ प्रतिशतले वृद्धि भएको नेप्सेले जानाएको छ ।-न्युज कारखान

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप