सेयर बजार २०२९.०३ विन्दुमा उक्लियो
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार उकालो लागेको छ । नेप्से परिसूचकमा ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा उक्लिएको छ । बुधबार सेयर बजार ११.८१ अंकले घटेको थियो ।
बिहीबार २५७ कम्पनीको एक करोड ८० लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । हिमालय डिस्टिलरी कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । याे कम्पनीको १२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । नेपाल दूरसञ्चार कम्पनीको १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।
हिमालय उर्जा विकास, सानीमा जीवन बिमा र सृजनशील लघुवित्तको १० प्रतिशतले मूल्यवृद्धि भएको छ । यता, धाैलागिरि लघुवित्तको ९.९९ प्रतिशतले मूल्यवृद्धि भएको हो । २०८ कम्पनीमा उकलो लागेको छ भने जम्मा ६ कम्पनीमा ओरालो लागेको छ ।
आज सबै उपसुचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्स कम्पनी ५.३८ प्रतिशतले वृद्धि भएको छ । हाइड्रोपावर ४.९२ र निर्जीवन बीमा ४.३९ प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा कम म्युचुअल फन्ड १.४१ र बैंकिङमा १.८२ प्रतिशतले वृद्धि भएको नेप्सेले जानाएको छ ।-न्युज कारखान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण