आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अनन्त सर्वोत्कृष्ट खेलाडी सम्मानबाट सम्मानित

बिहीबार, १४ पुस २०७९, १५ : ४५
बिहीबार, १४ पुस २०७९

साहरा क्लब पोखराले नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङ सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७९  बाट सम्मानित भएका छन् ।

साहरा क्लबले बिहीबार पोखरा रंगशालामा अनन्तलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट सम्मानित गरेको हो ।

साहरा क्लबले हरेक वर्ष एक जना राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गर्दै आइरहेको छ । गत वर्ष क्लबले युवा खेलाडी अन्जन विष्टलाई सम्मान गरेको थियो । अनन्तलाई ५० हजार ५ रुपैयाँसहित सम्मान पत्रले सम्मान गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप