राष्ट्रपतिमा मेरो नाम जोडियो, तर त्यो सत्य होइन : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका पछिल्ला समाचारमा कुनै सत्यता नरहेको बताएका छन् । बिहीबार पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेससँगको गठबन्धन छोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै एमालेले आफूलाई राष्ट्रपति बनाउन खोजेको भनेर चलेका हल्ला र आएका समाचारमा सत्यता नभएको बताएका हुन् ।
यद्यपि उनले आफू कम्युनिष्ट एकताको विपक्षमा नरहेको भन्दै त्यसका लागि दुवै पक्ष तयार हुन जरुरी रहेको बताए । ‘अहिले एमालेसँग जोडेर बजारमा माधव नेपाललाई राष्ट्रपति बनाउने हल्ला चलेका छन् । ति बजार हल्लामा कुनै सत्यता छैन’,पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘यो सुनेर के हो ? कसो हो ? भनेर नेता कार्यकर्तामा जिज्ञासा पैदा भएको छ । तर बजार हल्लाको पछि लाग्नु हुँदैन ।’ उनले त्यसका लागि दुवै पक्ष तयार हुन जरुरी रहेको पनि बताए । ‘दुवै पक्ष तयार हुनुपर्छ । अव पुरानै कुरामा अलमलिन पनि ठिक हुँदैन’, उनले सरकारले विश्वासको मत लिएपछि सरकारमा जाने नजानेबारे पार्टीले निर्णय गर्ने पनि बताए ।
एमालेसँगको विद्रोहदेखि आम निर्वाचनसम्मका राजनीतिक घटनाक्रमको विश्लेषण सुनाएका अध्यक्ष नेपालले पछिल्लो पटक फेरिएको राजनीतिक समीकरण र कंग्रेसको हातबाट वामपन्थीको हातमा सत्ता आउनु सकारात्मक भएको बताए ।
यसबीचमा भएका घटनाक्रमका साथै अहिले मन्त्रिमण्डल विस्तार र शक्ति बाँडफाँटबारे भएका छलफलमा पार्टी सहभागी नभएको नेता नेपालले बताए । ‘मन्त्रिमण्डल विस्तार र मन्त्रालय बाँडफाँटबारे हामीलाई कुनै जानकारी छैन’, नेता नेपालको भनाइ छ । उनले यसबीचमा एमाले उपाध्यक्ष विष्णु पौडेलसँग आफ्नो भेट नभएको भन्दै अन्य एमाले नेता कार्यकर्तासँग भने भेटवार्ता र संवाद भइरहेको बताए ।
उनले वाम एकताबारे पहिलेदेखि नै प्रयास भइरहेको र पछिल्लो समय स्वयं राष्ट्रपतिको पनि चिन्ता चासो रहेकाले आफू वाम एकताका लागि सकारात्मक रहेको बताए । ‘हामी नयाँ शिराबाट जान तयार छौ’, अध्यक्ष नेपालको भनाइ छ । फरक प्रशंगमा अध्यक्ष नेपालले केपी ओलीले आफूलाई भेट्न खोज्दा आफूले अस्वीकार गरेको भन्ने कुरामा पनि सत्यता नरहेको बताए । ‘केपी ओली मेरो घरमा आउन खोज्दा मैले अस्वीकार गरेको भनेर पनि कुरा आएको छ । कुरा त्यसो होइन, उहाँ आए म कार्पेट ओच्छ्याएर स्वागत गर्थेँ’, अध्यक्ष नेपालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण