बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

आर्यनको स्पष्टीकरण-‘बिराज र निखिलसँग मेरो दुस्मनी छैन ’

बिहीबार, १४ पुस २०७९, १५ : २५
बिहीबार, १४ पुस २०७९

अभिनेता आर्यन सिग्देलले अभिनेता बिराज भट्ट र निखिल उप्रेतीसँग आफ्नो कुनै दुस्मनी नरहेको बताएका छन् । एक अन्तर्वार्तामा बिराज जतिको एक्सन किङ नेपालमा अन्य कोही नभएको बताएका आर्यनले उक्त अन्तर्वार्ता निखिलसँग जोडेर ट्रोल बन्न थालेपनि सामाजिक सञ्जाल मार्फत स्पष्टीकरण दिएका हुन् । 

‘मैले निखिलभन्दा बिराज भट्ट निकै ठुलो स्टार हो भन्न खोजेको थिए, न त निखिल नै’ उनले अगाडि भनेका छन्, ‘दुवै नेपाली सिनेमाका एक्सन किङ हुन् । उनीहरू दुवैको नेपाली सिनेमा क्षेत्रमा निकै नै ठुलो योगदान छ ।’  उनले निखिल र बिराज फ्याली फ्रेन्स भएको समेत बताएका छन् । 

आर्यानले लेखेका छन्, ‘हिजोदेखि मेरो बारेमा केही दुईचार जना व्यक्तिहरूले मेरो निखिल दाइ र बिराज दाइको नाम जोडेर केही अफबाह फैलाइरहेको थाहा पाए । ‘खास कुरो के थियो र के भन्न खोजिएको थियो भन्ने कुराहरू नबुझी र नसोची यसै हचुवाको भर र समाचार/ट्रेलहरूको हेडलाइन हेरेर नै आ–आफ्नो अभिव्यक्ति दिनुभएको रहेछ । बिराज र निखिल कसैसँग मेरो कुनै पनि दुस्मनी छैन, र हुने पनि छैन । खै कसले किन यो अफबाह फैलाइरहेको छ थाहा छैन । मैले निखिलभन्दा बिराज भट्ट निकै ठुलो स्टार हो भन्न खोजेको थिए न त निखिल उप्रेती भन्दा बिराज भट्ट नै । दुवै नेपाली सिनेमाका एक्सन किङ हुन् । उनीहरू दुवैको नेपाली सिनेमा क्षेत्रमा निकै नै ठुलो योगदान छ । जुन हामी सबैलाई अवगत नै छ । बिराज दाइको आवाज एक्सन फाइट दमदार लाग्छ, भने निखिल दाइको स्टन एक्सन टेक्निकल रूपमा झनै खत्रा रूपमा निखिल अब्बल हुनुहुन्छ । त्यसैले मैले कसैको पनि तुलना गर्न खोजेको थिएन र गरेको पनि होइन । नेपालमा टेक्नोलोजी र स्टन एक्सन भित्र्याउने निखिल दाइ नै हुनुहुन्छ, भने बिराज दाइ नेचुरल एक्सन किङ जुन दुवै मेरा लागि उतिकै सम्मान छन् । यदि मबाट केही गलत भएको रहेछ भने त्यसको लागि सदैव क्षमा प्रार्थी छु । निखिल दाइ र बिराज दाइ मेरा निकै आत्मीय साथी मात्र नभई हामी एकदमै नजिकका फ्यामिली फ्रेन्ड पनि हौं । यदि मबाट भुलचुक केहि नराम्रो सन्देशहरू तपाईँले पाउनु भएको छ भने त्यसलाई बेवास्ता गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप