आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

महान्यायाधिवक्ता पोखरेलद्वारा पदभार ग्रहण

बिहीबार, १४ पुस २०७९, १४ : ११
बिहीबार, १४ पुस २०७९

महान्यायाधिवक्ता दिनमणि पोखरेलले २९ औं महान्यायाधिवक्ताको पदभार ग्रहण गरेका छन् । महान्यायाधिवक्ता पोखरेलले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाएलगत्तै महान्यायाधिवक्ताको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । 

 पदभार ग्रहण गर्ने क्रममा कार्यालयका कर्मचारीहरूले महान्यायाधिवक्ता पोखरेलको स्वागत गरेका थिए । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । 
 पदभार ग्रहणपछि बोल्दै उनले न्यायको क्षेत्रलाई शिर ठाडो बनाएर हिँड्नसक्ने वातावरण बनाएर अघि बढ्न आवश्यक रहेको बताए । उनले न्याय क्षेत्रमा भएका समस्याहरूको समाधान खोजेर अघि बढ्नुपर्ने बताए । उनले सरकारी वकीलहरुको सेवा सर्तसम्बन्धी छुट्टै ऐन ल्याउनका लागि आफ्नो तर्फबाट गर्नसक्ने प्रयत्न गर्ने प्रतिवद्धता जनाए । उनले बनेका नीतिहरू कार्यान्वयन हुन नसक्दा धेरै समस्या आउने गरेको भन्दै बनेका नीतिहरूको कार्यान्वयन गर्न अग्रसर हुनेपनि बताए । 

महान्यायाधिवक्ता पोखरेलले यसअघिका महान्यायाधिवक्ताहरुले गरेका राम्रा कामहरुलाई अघि बढाएर थप नयाँ काम गर्ने प्रतिवद्धता जनाए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप