शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

रुसले हावा र समुद्रबाट एक सय मिसाइल प्रहार गरेको छ – युक्रेन

बिहीबार, १४ पुस २०७९, १३ : ४४
बिहीबार, १४ पुस २०७९

युक्रेनका थुप्रै ठूलो शहरमा ताजा रुसी हमलापछि पूरा देशमा हवाई हमलाबारे चेतावनी जारी गरिएको छ ।

राष्ट्रपतिका सल्लाहकार ओलेक्सी एरेस्टोभिकले सामाजिक सञ्जालमा सयभन्दा बढी मिसाइल युक्रेनी शहरको तर्फबाट हानिएको जानकारी दिइन् ।

राजधानी किभमा कम्तिमा दुईवटा विस्फोटको आवाज सुनिएको थियो तर ती क्षेप्यास्त्र आक्रमण थिए वा हवाई आक्रमण भन्नेबारे स्पष्ट हुन सकेको छैन ।

खार्किभ, ओडेसा र जाइटामिर शहरहरूमा पनि विस्फोटको आवाज सुनिएको थियो ।

ओडेसाका स्थानीय नेता म्याक्सिम मार्चेन्कोले युक्रेनमा ठूलो मात्रामा मिसाइल आक्रमण भएको बताएका छन् ।

हालैका हप्तामा लगातार रुसी हमलाले युक्रेनलाई ध्वस्त पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप