पूर्व स्वीकृति नलिई शैक्षिक मेला गर्न नपाइने

शिक्षा, विज्ञान तथा प्रविधिले स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन दिएको छ । मन्त्रालयको उच्च शिक्षा महाशाखा शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले मन्त्रालयबाट स्वीकृति नलिई शैक्षिक मेला आयोजना नगर्न निर्देशन दिएको हो ।
केही संस्था, व्यवसायी र शैक्षिक परामर्शदाता संस्थाले स्वीकृति नलिई शैक्षिक मेला आयोजना गरेको गुनासाहरू आएको भन्दै मन्त्रालयले त्यसमा रोक लगाएको हो । स्वीकृति नलिई शैक्षिक मेला आयोजना गर्ने, अपुष्ट सूचना सामग्री राखी मेलाको प्रचार गर्ने गरेको पाइएको भन्दै मन्त्रालयले त्यस्तो नगर्न भनेको हो ।
शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ ले स्वदेशी तथा विदेशी संस्थाले शैक्षिक मेला वा प्रदर्शनीको आयोजना गर्दा मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ ।
मन्त्रालयबाट पूर्व स्वीकृति नलिई त्यस्तो कार्यक्रम आयोजना र कार्यक्रम सम्बन्धी कुनै मिडियाबाट प्रचारप्रसार नगर्न–नगराउन समेत निर्देशन दिएको छ । सूचना विपरित शैक्षिक मेला आयोजना गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बैंकका ऋणीहरू समस्यामा भए पनि भागेको अवस्था छैन’
-
आन्दोलन थप चर्काउँदै महासंघ, सबै शिक्षक र कर्मचारीलाई काठमाडौँमा आउन अपिल
-
सबै राजावादीहरू एउटै मञ्चमा
-
पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई घाइते
-
इरानले सिरियाली नेता असदलाई बचाउन विमान पठाएको नेतान्याहूको दाबी
-
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् सम्भावित कार्यसूची ?