गठबन्धन भत्किएर सत्ता गुम्नुमा सभापतिको कुनै दोष छैन : नेता चौरसिया

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद अजयकुमार चौरसियाले गठबन्धन भत्किएर सत्ता गुम्नुमा सभापतिको कुनै दोष नभएको बताएका छन् । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अस्थिर प्रवृत्तिका कारण गठबन्धन भत्किएको उनको भनाइ छ ।
‘आफूलाई अप्ठ्यारो भएका बेला गठबन्धन बनाउन खोज्न ?,’ उनको प्रश्न छ, ‘परिस्थिति बदल्ने अवस्था आउँदा साथ गठबन्धन छाडेर धोका दिने प्रवृत्ति प्रचण्डजीमा देखियो ।’ चौरसियका अनुसार एमाले र माओवादीका दोस्रो तहका नेताबीच पहिले नै गठबन्धन टुटाउने सहमति भइसकेको थियो ।
‘पार्टी सभापतिलाई दोष देखिएर हुँदैन । पहिलो पार्टीका नेताले सरकारको नेतृत्व छाड्न हुँदैन भनेर धेरै साथीहरुले सल्लाह दिएका थिए,’ उनी भन्छन्, ‘पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नै आफ्नो नेतृत्वमा सरकार बनाउने संस्थागत निर्णय गरेको थियो ।’
चौरसियाले अगाडि भने, ‘यो परिस्थिति आएकोमा हामी दुखित छौं । तर आगामी दिनेमा एकताबद्ध भएर बामपन्थी ध्रुवीकरणसँग लड्नुपर्छ । नेतृत्व असफल भएको छैन ।’ देउवामा प्रतिकूल परिस्थितिलाई अनुकुलतामा बदल्ने क्षमता देउवामा रहेको उनको दाबी छ ।
‘हिजो प्रतिकूल परिस्थितिलाई अनुकूल बनाएको सभापति शेरबहादुर देवाले नै हो । सातै प्रदेशमा पार्टीलाई सत्तामा पुर्याउने काम पनि यही नेतृत्वबाट भएको हो । कांग्रेसलाई सबैभन्दा ठूलो पार्टीले बनाउन सफल हुन भएको छ,’ उनले भने ।
एउटा घटनाक्रमले नेतृत्वलाई खुइल्याउने कुरा राम्रो नभएको उनी बताउँछन् । ‘पार्टी सभापतिले किन राजीनामा दिने ? हिजो प्रतिकूल परिस्थिति बन्दा केसी ओलीले दिए ?,’ देउवाको राजीनामा माग्नेलाई उनले भने, ‘तिनै नेताले फेरि पार्टीले सत्तामा फर्काएनन् ? सानोतिनो घटनाक्रमले सभापति र संसदीय दलको नेता फेर्दै जाने ? भोलि हाम्रो अनुकूल परिस्थिति पनि त बन्न सक्छ नि ?’
सात दलीय गठबन्धनका सबै पार्टीभित्र असन्तुष्टि रहेको भन्दै भोलि कांग्रेसको अनुकूल परिस्थिति बन्ने उनले बताए । ‘कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने स्थिति आउन सक्छ वा कांग्रेस गठबन्धनमा आरुको नेतृत्वमा सरकार बन्न सक्ने स्थिति आउन सक्छ । यो सरकार धेरै लामो चल्दैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको सुन्दरेखोलामा ‘आर्क ब्रिज’ निर्माण गरिँदै
-
मुस्ताङमा खानेपानीका मुहान सुक्दै, कृषि र पशुपालनमा असर
-
महाकाली चार लेन पुलसँगै बनेको सडक ‘भाइरल रोड’ले परिचित
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
विवादमा अक्षयको चलचित्र, चोरीको आरोप
-
जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले भने, ‘पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन्’