शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

बैंकिङ कसुर मुद्दाका फरार दुईजना पक्राउ

बिहीबार, १४ पुस २०७९, १२ : ००
बिहीबार, १४ पुस २०७९

बैंकिङ कसुर मुद्दामा फरार दुईजना अभियुक्तलाई प्र्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका–९ रानीघाट घर भएका ३५ वर्षीय अनिलकुमार ब्याहुत र झापा घर भएर भक्तपुर चाँगुनारायण बस्ने ५० वर्षीय पुष्पराज पनेरू छन् ।

पुष्पराजलाई २०७९ असार र भदौमा उच्च अदालत पाटनको दुईवटा फैसलाले ९ दिन कैद र ३० लाख रूपैयाँ जरिवाना हुने ठहर गरेको छ । २०७९ असार २८ मा उच्च अदालतले अनिलकुमारलाई ३ दिन कैद र ६ लाख ७० हजार रुपैया जरिवाना ठहर गरेको थियो ।

फैसलापछि दुवैजना फरार थिए । अनिल कुमारलाई पर्साको वीरगंजस्थित मुरलीचोकबाट र पुष्पराजलाई भक्तपुर चाँगुनारायणबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । फैसला कार्यान्वयनका उनिहरुलाई अदालतमा पेश गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप