आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम तय गर्ने सत्ता साझेदार दलको निर्णय

बिहीबार, १४ पुस २०७९, ११ : २४
बिहीबार, १४ पुस २०७९

सत्ता साझेदार दलले पाँच दिनभित्र सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट तय गर्न कार्यदल गठन गरेको छ । कार्यदलको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओली रहेका छन् ।   बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले यस्तो निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि लामिछानेले बताए । 

जसमा साझेदार दलबाट एकएक जना प्रतिनिधि रहनेछन् । कार्यदलले पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम बनाइसक्नेछ ।  साथै आजको बैठकमा मन्त्रिमण्डल विस्तारबारे समेत छलफल भएको मन्त्री लामिछानेले जानकारी दिए । न्यूनतम्  साझा कार्यक्रम तय गर्दा हरेक राजनीतिक दलका एजेन्डा समेट्नेबारे समेत छलफल भएको छ । 

‘उद्देश्य प्राप्तिका लागि न्यूनतम् साझा कार्यक्रम बनाएर हामी के का लागि सरकारमा छौ भन्ने कुरा तय गर्ने हो । त्यो तय गर्नका लागि संयन्त्र बनाएका हौँ । त्यसमा उहाँहरूका एजेन्डा समावेश हुनेछन्’, अन्य दलको समर्थनबारे सोधिएको प्रश्नमा मन्त्री लामिछानेको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप