पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम तय गर्ने सत्ता साझेदार दलको निर्णय
सत्ता साझेदार दलले पाँच दिनभित्र सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट तय गर्न कार्यदल गठन गरेको छ । कार्यदलको संयोजक एमाले अध्यक्ष केपी शर्मा ओली रहेका छन् । बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले यस्तो निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री समेत रहेका रवि लामिछानेले बताए ।
जसमा साझेदार दलबाट एकएक जना प्रतिनिधि रहनेछन् । कार्यदलले पाँच दिनभित्र न्यूनतम् साझा कार्यक्रम बनाइसक्नेछ । साथै आजको बैठकमा मन्त्रिमण्डल विस्तारबारे समेत छलफल भएको मन्त्री लामिछानेले जानकारी दिए । न्यूनतम् साझा कार्यक्रम तय गर्दा हरेक राजनीतिक दलका एजेन्डा समेट्नेबारे समेत छलफल भएको छ ।
‘उद्देश्य प्राप्तिका लागि न्यूनतम् साझा कार्यक्रम बनाएर हामी के का लागि सरकारमा छौ भन्ने कुरा तय गर्ने हो । त्यो तय गर्नका लागि संयन्त्र बनाएका हौँ । त्यसमा उहाँहरूका एजेन्डा समावेश हुनेछन्’, अन्य दलको समर्थनबारे सोधिएको प्रश्नमा मन्त्री लामिछानेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण