पार्टीका सांसदबाट जनही २० हजार रूपैयाँ उठाउने राप्रपाको निर्णय
बिहीबार, १४ पुस २०७९, १९ : ४७
राप्रपाले पार्टीका संघीय सांसदहरुबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सांसदहरुबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार प्रदेशको हकमा भने १० देखि १५ हजारसम्म उठाउने गरी निर्णय भएको छ । प्रदेशमा प्राप्त हुने सेवा सुविधाको आधारमा प्रदेशले सो सीमामा रहेर लेवी तोक्ने गरी निर्णय भएको हो ।
प्रतिनिधिसभामा राप्रपाको १४ सांसद रहेका छन् भने प्रदेशमा २८ सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण