‘ह्रस्वदीर्घ’मा भित्रिए रवीन्द्र झा
बिहीबार, १४ पुस २०७९, १० : ४८

अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’ मा कलाकारको रुपमा रवीन्द्र झा पनि जोडिएका छन् । निर्माण युनिटले फिल्मको मुख्य कलाकारको रुपमा झालाई अनुबन्धित गरेको हो ।
फिल्मका लागि केही दिनअघि अभिनेत्री विपना थापा पनि भित्रिएकी थिइन् । पुरानी अभिनेत्री थापाको १३ वर्षपछि यसै फिल्म मार्फत अभिनयमा पुनरागमन हुने भएको छ ।
चन्द्र पन्तको निर्देशन रहने फिल्ममा सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रह्मानन्द लगायतका कलाकारको अभिनय रहनेछ ।
फेब्रुअरी १ देखि छायांकन सुरु हुने फिल्मलाई तीन चरणमा खिचिने भएको छ । फिल्मको पहिलो चरणको छायांकन भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट सुटिङ सुरु हुनेछ, भने दोस्रो चरणको छायांकन नेपालमा र तेस्रो भारतको बनारसमा गर्ने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का