मधेस प्रदेशमा कांग्रेस संसदीय दलको नेता छान्न आज निर्वाचन हुँदै
बिहीबार, १४ पुस २०७९, १० : ३३
मधेस प्रदेशमा नेपाली कांग्रेसको ससदीय दलको नेता छान्न आज मतदान हुने भएको छ । दिउँसो तीन बजेबाट मतदान सुरु गर्ने निर्वाचन कार्यतालिका रहेको छ । प्रदेश सभापति कृष्णप्रसाद यादव र पूर्वमन्त्री रामसरोज यादवले दलको नेतामा उम्मेदवारी दर्ता गराएका छन् । बिहीबार विहान कृष्ण र रामसराेजले उम्मेदवारी दर्ता गरेका हुन् ।
दुई जनाबीच सहमति नजुटेकोले निर्वाचनमार्फत दलको नेता छान्न लागिएको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले बताए । सभापति देउवा पक्षधर कृष्ण र विमलेन्द्र निधि निकट रामसरोजबीच प्रतिस्पर्धा हुन लागेको हो । पार्टीको प्रदेश अधिवेशनमा कृष्णसँग राजसरोज पराजित भएका थिए । यसअघि मधेस प्रदेशमा रामसरोज संसदीय दलको नेता थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कानुनमन्त्री गिरीको सम्पत्ति : २३ तोला सुन, ४० लाख ऋण
-
गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
रक्षामन्त्री उप्रेतीको सम्पत्ति : जग्गा देखाए, नगद देखाएनन्
-
अर्थमन्त्री पुनको बैंकमा ३३ लाख, रोल्पामा घर (सम्पत्ति विवरणसहित)
-
शक्ति बस्नेतको सम्पत्ति : ३५ लाख नगद, ५ तोला सुन, जग्गा परिवारको नाममा
-
कृषि मन्त्री साहको सम्पत्ति : १० तोला सुन, २५ तोला चाँदी