चीनबाट आउने यात्रुका लागि अमेरिकाले कडा बनायो नियम, के के गर्नुपर्छ ?
अमेरिकाले चीनबाट आउने यात्रुलाई कोरोना परीक्षण नेगेटिभ देखाउन अनिवार्य गरेको छ ।
अमेरिकाले कोभिडको फैलावटलाई नियन्त्रण गर्नका लागि जनवरी ५ बाट चीन, हङकङ र मकाउबाट आउने सबै यात्रुलाई कोरोनाको नेगेटिभ परीक्षण देखाउन अनिवार्य गरिने जनाएको छ ।
अमेरिकी स्वास्थ्य मन्त्रालयले हवाई यात्रा गर्नेहरूले कोरोनाको नेगेटिभ टेस्ट देखाउनुपर्नेछ जुन दुई दिनभन्दा बढी पुरानो नहोस् ।
उडान भर्नुभन्दा १० दिन अघि कोरोना पोजेटिभ आएकाले निको भएको प्रमाण देखाउनुपर्ने पनि बताए ।
चीनले अर्को सातादेखि आफ्नो सीमाना खोल्ने घोषणा गरेको छ । यससँगै चीनमा मानिसहरु विदेश भ्रमणका लागि ठूलो संख्यामा बुकिङ गरिरहेका छन् ।
तर, चीनमा कोरोना संक्रमण बढ्दै गएपछि धेरै देशले चीनबाट आउने यात्रुका लागि नियम कडा बनाएका छन् ।
अमेरिकाबाहेक इटाली, जापान, मलेसिया, ताइवान र भारतले पनि नियम परिवर्तन गरेका छन् ।
तीन वर्षको प्रतिबन्ध पछि, चीनले जनवरी ८ बाट यात्रा नियमहरू खुकुलो घोषणा गरेको छ ।
चीनले कोरोना संक्रमणसँग सम्बन्धित नियम ‘वैज्ञानिक आधारमा’ लिइएको बताएको छ । उनले केही देश र तिनका मिडियाले अवस्थालाई बढाइचढाइ गरेको आरोप लगाएका छन् ।
यसैबीच, बेलायतले यात्रुहरूका लागि परीक्षण सुरु गर्ने वा अन्य कुनै नियम बनाउने योजना नभएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई दिनदेखि सर्केगाडमा टेलिफोन सेवा अवरुद्ध
-
नक्कली भुटानी शरणार्थी प्रकरण : उच्चले थुनामै पठाएपछि बेचन झा पुगे सर्वोच्च
-
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि समितिमा छलफल सुरु
-
पूर्वाधार पत्रकार समाजको अध्यक्षमा सुनिता कार्की
-
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन दुई चरणमा हुने
-
काठमाडौँ महानगरद्वारा ४३ वटा पूर्वाधार योजना सम्पन्न