कर्णाली प्रदेश सभा : दोस्रो कार्यकालको पहिलो अधिवेशन आह्वान
बिहीबार, १४ पुस २०७९, ०८ : ४५
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आह्वान गरिएको छ । बुधबारको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखको कार्यालयलाई बैठक आह्वानका लागि पत्र पठाएको थियो । प्रदेश प्रमुख तिलक परियारले पुस १८ गते प्रथम अधिवेशन आह्वान गरेका हुन्।
परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते सोमबार दिउँसो १ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गरेका छन् ।
प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनमा कार्यवाहक सभामुखका रुपमा कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले अध्यक्षता गर्ने छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा शृङ्खलाबद्ध चोरीमा संलग्न २ जना पक्राउ
-
जडेजा चम्किँदा चेन्नईले पञ्जाबलाई हरायो
-
रामकुमार र इन्दुकुमारीलाई माओवादीले जिम्मेवारीबाट हटायो
-
क्षेत्री माओवादी केन्द्रीय सदस्यमा मनोनीत
-
माओवादी केन्द्र एसिया समन्वय प्रदेश समितिको सह–इन्चार्जमा शर्मा
-
मुख्यमन्त्री अधिकारीले पाएको विश्वासको मत विवादमा : कांग्रेस अदालत जाने