शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डको ४ बुँदे रिपोर्ट : फेरि वाम गठबन्धन अगाडि बढाउने अवसर आएको निष्कर्ष

बिहीबार, १४ पुस २०७९, ०८ : ०९
बिहीबार, १४ पुस २०७९

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि वाम गठबन्धन निर्माणको अवसर आएको बताएका छन् । पार्टीको आन्तरिक बैठकमा विकसित राजनीतिक  घटनाक्रमसहितको रिपोर्ट प्रस्तुत गर्दै प्रचण्डले  वाम लोकतान्त्रिक गठबन्धन टुट्दा वामपन्थीहरुलाई  हिजोका कमिकमजोरीहरुलाई सच्याएर अगाडि बढ्ने अवसर प्राप्त  बताएका थिए । 

बैठकमा प्रचण्डले चार बुँदे रिपोर्ट पेस गर्दै पौष १० बाट मुलुक नयाँ परिस्थितिमा प्रवेश गरेको र तात्कालीन वाम लोकतान्त्रिक गठबन्धनलाई जोगाउन अन्तिम समयसम्म आफूहरूले पहल र प्रयत्न गरे पनि  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हठका कारणले गठबन्धन टुट्न पुगेको निष्कर्ष सुनाएका थिए । यो घटनालाई अवसरमा बदल्नुपर्नेमा प्रचण्डको जोड रहेको बैठकमा सहभागी एक नेताले बताए । 

साथै प्रचण्डले आफू नेतृत्वको सरकारसामु चुनौतीको चाङ रहेको पनि सुनाएका थिए । सुशासन, भ्रष्टाचार नियन्त्रण र जनताको अपेक्षा अनुसार तीव्र विकास र सम्बृद्धि हासिल गर्नुपर्ने चुनैतीहरु देखा परे पनि  प्राप्त अवसर र चुनौतीलाई जनअपेक्षा अनुसार परिणाममा बदल्न  समयवद्ध तरिकाले अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । 

देउवाको कारण वाम लोकतान्त्रिक गठबन्धन भत्किएको, वाम गठबन्धनको वातावरण बनेको, आफू नेतृत्वको सरकार चुनौतीको चाङमा रहेको र जनअपेक्षाअनुसार काम गर्ने अवसर पनि रहेको विषय समेटेर बैठकमा प्रचण्डले चार बुँदे रिपोर्ट पेस गरेका थिए । 

मन्त्री छान्न गठबन्धनको निर्णय पर्खिँदै 
साथै नेकपा माओवादीले पार्टीबाट मन्त्री छान्न गठबन्धनका अन्य दलहरूको निर्णय कुर्ने निर्णय पनि गरेको छ । गठबन्धनमा नेकपा एकीकृत समाजवादी, जसपालगायतका अन्य दलहरुलाई पनि समावेश गर्ने तयारी भएको र समर्थन गरेका दलहरुले पनि सरकारमा सहभागी हुने विषयमा निर्णय लिइनसकेको अवस्थामा गठबन्धनका दलहरुको निर्णय पछि मात्र माओवादीले  मन्त्री छान्ने निर्णय गरेको हो । 

त्यो त गठबन्धनका अन्य दलहरुमा मन्त्रीका आकांक्षी धेरै भएको र तत्काल सरकार विस्तार गर्दै दलहरुलाई सकस हुने भएकोले विषयमा पनि प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको बताइन्छ ।  राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभाको बैठक २५ पुसमा आव्हान गरेकोले त्यस लगत्तै विश्वासको मत लिने र त्यसपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने विषयमा ओली प्रचण्ड सहमत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस विषयमा गठबन्धनका अन्य दलसँग पनि परामर्श गर्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड जुटेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप