नेमकिपा सरकारमा जाँदैन, प्रखर प्रतिपक्षी बन्छौँ : सचिव सुवाल
बिहीबार, १४ पुस २०७९, ०७ : १३

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सचिव एवं सांसद प्रेम सुवालले आफ्नो दल प्रतिपक्षमै रहने बताएका छन् । सेवा निवृत्त शिक्षक समाजले भक्तपुरमा गरेको शुभकामना कार्यक्रममा उनले पार्टी सरकारमा सामेल नहुने स्पष्ट पारेका हुन् ।
नेमकिपाबाट संघीय संसदमा सुवाल एक्लै छन् । बागमती प्रदेशमा तीन सांसद छन् । संघ र बागमती प्रदेश दुवैमा नेमकिपा प्रखर प्रतिपक्षमै रहने सुवालले जनाए ।
निर्वाचनमा जनतासँंग सरकारमा नगइ प्रतिपक्षमा बस्ने प्रतिवद्धताका साथ घोषणापत्र जारी गरी मत मागेको हुनाले आफूहरुले ठूला दलले जस्तै जनतालाई धोका दिन नसक्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने
-
कोटीहोम विवादः अन्तरिम आदेशमा असन्तुष्टि जनाउँदै महानगरको भ्याकेट
-
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले
-
नेतृत्व टीम नबदलिएसम्म पार्टी निर्माण हुन सक्दैन : जनार्दन शर्मा
-
सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप मंगलबारदेखि
-
ऊर्जाराज्यमन्त्री भन्छन्– कुलमानलाई हटाउन हुँदैन