नवनियुक्त सैन्य प्रवक्तालाई स्वागत, सिलवालको बिदाई
नेपाली सेनाको प्रवक्तामा सहायकरथी कृष्णप्रसाद भण्डारी नियुक्त भएका छन् । नवनियुक्त प्रवक्तालाई जंगी अड्डामा आयोजित एक समारोहका बीच स्वागत गरिएको छ । यसअघिका सैन्य प्रवक्ता सहायकरथी नारायण सिलवाल आफ्नो कार्यकाल पुरा गरेर सरुवा भएका छन् ।
बुधबार जंगी अड्डामा नवनियुक्त प्रवक्तालाई स्वागत गर्दै सहायकरथी नारायण सिलवालले आफ्नो कार्यकालमा पत्रकारहरूसँगको सम्बन्ध यादगार रहेको बताए । उनले भने– ‘बन्दुक बोकेको एउटा सिपाहीले कलम बोक्ने पत्रकारहरूसँग गरेका सहकार्य सम्झन लायक बन्यो ।’
नवनियुक्त प्रवक्ता भण्डारीले बन्दुक र कलम एक भएर अघि बढेमा स्वार्थको द्वन्द्व नहुने बताए । आफ्नो कार्यकाल सुरु गर्दै भण्डारीले भने–‘राष्ट्र हित हाम्रो चाहना हो, त्यसैले पत्रकार र सेनाबीचको सम्बन्ध सुमधुर बनोस् ।’
सेनामा २०५८ सालमा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना भएको थियो । नेपाली सेनामा पछिल्लो समय शाहिकालीन ‘स्वभाव’ कम हुँदै गएको सैन्य प्रवक्ता भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह