बुवालाई पछ्याउँदै रोनाल्डो जुनियर युनाइटेड छाड्दै रियलसँग आबद्ध
क्रिस्टियानो रोनाल्डो जुनियर आफ्नो बुवालाई पछ्याउँदै म्यानचेस्टर युनाइटेड छोडेर रियल म्याड्रिडको एकेडेमीमा पुनः अनुबन्ध भएका छन्। १२ वर्षीया रोनाल्डो जुनियरले रियल, युभेन्टस र त्यसपछि युनाइटेडको प्रतिनिधित्व गर्दै आफ्नो बुबा आबद्ध जुनसुकै क्लबको युवा श्रेणीमा खेलेका छन् । अब, नोभेम्बरमा पियर्स मोर्गनसँगको अन्तर्वार्तापछि युनाइटेडबाट रोनाल्डो बाहिरिएपछि, उनका छोराले पनि क्लब छाडेका हुन् ।
पत्रकार एडु कोर्नागोले मंगलबार रोनाल्डो जुनियरको रियलको एकेडेमीमा फर्केको बारेमा ट्वीट गरेका थिए । रोनाल्डो जुनियरले यसअघि रियलका २० खेलमा ५० भन्दा बढी गोल गरेका थिए । यो महिनाको सुरुमा रोनाल्डोले आफ्नो पूर्व क्लब रियलसँग संक्षिप्त प्रशिक्षण गरेका थिए । क्रिस्टियानो जुनियर सन् २०१० मा स्यान डिएगोमा जन्मेका थिए र उनको उपनाम ‘क्रिस्टियानिन्हो’ वा ‘लिटिल क्रिस्टियानो हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि यूएसएडका कर्मचारीलाई बिदामा राखिने
-
सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई भूमि आयोगले दियो ‘थमौती’
-
संसद् बैठकमा सभापति लामिछानेको विषय उठान गर्ने रास्वपाको निर्णय
-
सरकारले ल्याएका अध्यादेश स्वीकृतका लागि प्रतिनिधि सभामा प्रस्तुत गरिने
-
काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
-
भेरी नदीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउन कसरी भइरहेको छ काम ?