बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

जोर्डन र स्लोभेनियाका लागि गैरआवासीय राजदूत नियुक्त

बुधबार, १३ पुस २०७९, १८ : ०४
बुधबार, १३ पुस २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले आज इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई जोर्डन अधिराज्यका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेकी छन् ।

यस्तै राष्ट्रपति भण्डारीले अष्ट्रिया, संयुक्त राष्ट्र सङ्घ कार्यालय भियनाका लागि नेपालको आवासीय राजदूत भरतकुमार रेग्मीलाई गणतन्त्र स्लोभेनियाका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनीहरूलाई गैरआवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप