शिक्षक सेवा आयोगले पुसको अन्तिमभित्र मावि तहको विज्ञापन खोल्ने
शिक्षक सेवा आयोगले पुस अन्तिमभित्रमा नयाँ विज्ञापन आह्वान गर्ने भएको छ । अघिल्लो वर्षको विज्ञापनको नतिजा प्रकाशन गरिरहेको आयोगले पुस मसान्तभित्रमा माध्यमिक तहको नयाँ विज्ञापन आह्वान गर्ने भएको हो । पुस मसान्तभित्रमा मावि तहका लागि ६७० कोटामा विज्ञापन आह्वान गर्नेछ । जसमा अघिल्लो वर्ष छनौट हुन नसकिएका ३७० सिट र यो वर्ष ३०० गरेर ६७० स्थायी शिक्षकका लागि विज्ञापन आह्वान गर्न लागिएको शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए ।
पुस महिनाभित्रमा मावि तहको नयाँ विज्ञापन आह्वान गर्ने आयोगको कार्यतालिका छ । सोही आधारमा तयारी भइरहेको उनको भनाइ छ । महालेखा नियन्त्रक कार्यालयले राजश्वको नयाँ भर्सन (सेकेन्ड भर्सन) सुरू गरेको छ । त्यही आधारमा आयोगले समेत आफ्नो राजश्व संकलन सिस्टम अपटेड गरिरहेको छ । त्यो काम सकिएपछि विज्ञापन आह्वान गरिनेछ ।
‘त्यसका लागि अपडेट गर्न हाम्रा साथीहरू लागिराख्नुभएको छ । अपडेट गरेपछि त्यसलाई परीक्षण गर्छौ । र त्यो सफल भयो भने माविको यो महिनाभरमा विज्ञापन निकाल्छौँ,’ उनले भने । पुस ५ गते गत वर्षको निमावि तहको अन्तर्वार्ता सकिएको थियो । अहिले त्यसको नतिजा निकाल्ने काम भइरहेको छ । निमावि तहको नतिजा प्रकाशनको काम सकिएपछि प्रावि तहको नतिजा निकाल्ने उनको भनाइ छ ।
प्राविको नतिजा निकाल्ने र माविको नयाँ विज्ञापन आह्वान गर्ने काम सँगसँगै गरिने उनको भनाइ छ । ‘माविको चाही पुस महिनामै सुरू हुन्छ । नतिजा निकाल्नेमा कुनै समस्या हुँदैन । दरखास्त अनलाइन मार्फत दिने भएकाले नतिजा र विज्ञापन संगसँगै जान्छ,’ उनले भने ।
गत वर्ष पनि अनलाइनमार्फत नै राजश्व तिर्ने बनाइएको थियो । यो वर्ष त्यो सिस्टमलाई अपडेट गर्न लागिएको हो । गत वर्षको विज्ञापनमा कोटाभन्दा ३७० जना कम पास भएका थिए । यो वर्षको विज्ञापनमा जुन जुन समूहमा छनौट हुन सकेका थिएनन्, त्यसलाई पनि थप गरिनेछ ।
‘जुन जुन समूहमा पदपूर्ति हुन सकेको थिएन । त्यही समूहमा पुरानै गरेर नयाँ खोलिनेछ’, उनले भने, ‘यो वर्ष पनि हुन सकेनन् भने त्यसपछि ति सबै पद खुल्लामा हाल्छौँ ।’ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यो वर्ष ३ हजार ७०० स्थायी शिक्षक माग गरेको थियो । ३ हजार शिक्षक प्रावि, ४०० निमावि र ३०० शिक्षक माविका लागि माग गरेको थियो । सोही आधारमा आयोगले विज्ञापन आह्वान गर्नेछ । त्यसमा गत वर्ष छनौट हुन नसकेको कोटा पनि थप गर्ने आयोगको तयारी छ ।
आयोगले आर्थिक वर्ष २०७९/०८० का लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको थियो । जसमा माध्यमिक तह तृतीय श्रेणीको शिक्षकको विज्ञापन पुस महिनाभित्रमा खोल्ने उल्लेख छ । त्यस्तै माघमा निम्न माध्यमिक तह तृतीय श्रेणीको र फागुनमा प्राथमिक तह तृतीय श्रेणीको विज्ञापन आह्वान गरिनेछ । कार्यतालिका अनुसार यही महिनाको अन्तिममा खोलिने मावि तहको विज्ञापनमा फागुनमा सामान्य परीक्षा र जेठ÷असारमा विषयगत परीक्षा सञ्चालन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै
-
युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा
-
खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
-
यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग
-
रुस र पूर्वी युरोपमा कम्युनिस्टले आफ्नो धरातल गुमाएकै हो : सर्गेई मलिन्कोभिच
-
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा : कमल थापा