बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

विवेकशील साझा पार्टीले बन्दीपुरमा समीक्षा भेला गर्दै

बुधबार, १३ पुस २०७९, १७ : ३३
बुधबार, १३ पुस २०७९

विवेकशील साझाले बदलिँदो राजनीतिक परिदृश्य, सम्भावना र नयाँ रणनीतिबारे समीक्षा गर्न यही पुस १५ र १६ गते तनहुँको बन्दीपुरमा समीक्षा बैठक गर्ने भएको छ।

प्रादेशिक हैसियतका पार्टीका अगुवा कार्यकर्ताहरू सम्मिलित समीक्षा बैठकमा निर्वाचन परिणाम, बदलिँदो राजनीतिक विकासक्रम, वैकल्पिक राजनीतिको आगामी स्पेश र सहकार्य, ध्रुवीकरणसम्मका विषयमा खुला छलफल हुने प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए।

‘अगुवा साथीहरुसंग निर्ममताका साथ खुला छलफलको फोरमका रुपमा समीक्षा बैठकलाई डिजाइन गरिएको छ, सबै कोणबाट आफ्ना सुझाव, अनुभव र आगामी बाटोबारे  अगुवा साथीहरूले बहस गर्नु हुन्छ’ प्रवक्ता परियारले भने ।
पार्टीलाई नयाँ शिराबाट अघि बढाउने सोच अनुरूप भेला आयोजना गरिएको अध्यक्ष समीक्षा बास्कोटाले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप