बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नग्न तस्बिरमा महिलाको टाउको जोडेर चरित्र हत्या गर्ने पक्राउ

बुधबार, १३ पुस २०७९, १७ : १७
बुधबार, १३ पुस २०७९

इन्टरनेटमा रहेको नग्न तस्बिरमा महिलाको टाउको जोडेर फेसबुक मेसेन्जरमा पठाउँदै चरित्र हत्या गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।  सामाजिक सञ्जालमा साथी बनाइ कुराकानी गर्ने र पछि चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर ९ बस्ने २५ वर्षीय सुमन त्योछिनलाई पक्राउ गरेको हो । 

उनले थग्न तस्बिरमा पीडित महिलाको टाउको जोडेर पीडितलगायत आफन्तसमेतको फेसबुक मेसेन्जरमा पठाउने गरेको उजुरी परेको थियो ।  सोही उजुरीको आधारमा पक्राउ परेका उनलाई कारबाही अघि बढाउन बुधबार काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद दिइएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप