शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा लामा विजयी

बुधबार, १३ पुस २०७९, १६ : १७
बुधबार, १३ पुस २०७९

कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा विजयी भएका छन् । नुवाकोटबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने उनले मकवानपुरका इन्द्र बानियालाई पराजित गरेका हुन् ।

बुधबार भएको निर्वाचनमा कांग्रेस प्रदेश सभापति समेत रहेका बानियाले १६ मत पाउँदा लामाले २१ मत पाए ।

निर्वाचनमा सबै ३७ जना सांसद नै सहभागी थिए ।  लामा मुख्यमन्त्री बन्नकै लागि प्रतिनिधिसभाबाट प्रदेशमा झरेका थिए ।  यद्यपि गठबन्धनको समीकरण बदलिएपछि कांग्रेसले सरकारको नेतृत्व गर्न सक्ने सम्भावना भने कम छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप