लुम्बिनी प्रदेशका सांसदको शपथग्रहण १६ गते हुने
लुम्बिनी प्रदेशका नवनिर्वाचित सांसदहरूको शपथग्रहण पुस १६ गते हुने भएको छ। सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले बुधवार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको बताए ।
उनले प्रदेश मन्त्रीपरिषद्को बैठकले पुस १६ गते सांसदहरूलाई शपथ गराउनका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको बताए । शपथ ग्रहण लुम्बिनीको नयाँ राजधानी देउखुरीमा हुनेछ।
यस्तै पुस १५ गते दाङ देउखुरीमा हुने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ। हालै कार्यान्वयनमा आएको लुम्बिनी प्रदेशको स्थायी राजधानीमा मुख्यमन्त्री सम्मेलन गर्ने प्रदेश सरकारले तयारी थियो । अन्य प्रदेशका मुख्यमन्त्रीहरूलाई नयाँ राजधानीमा भ्रमण गराउने र गत ५ वर्ष कार्यकालको समीक्षा गर्न सम्मेलन गरिने भएपनि २ दिन अघि स्थगित भएको मन्त्री शर्माले बताए । उनले कुनै विशेष कारण नभई पछिल्लो राजनीति घटनाक्रमले स्थगित गर्नुपरेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान