१४ वर्षीय पासवानको हत्यामा संलग्न भएको आरोपमा २ जना पक्राउ
वीरगञ्ज महानगरपालिका वडा नं २५, सिर्सियाका १४ वर्षीय निरजकुमार पासवानको हत्यामा संलग्न भएको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलन गर्दै वीरगञ्ज–१७ अलौं बस्ने कृष्णा भन्ने श्यामप्रसाद यादव र धोविनी गाउँपालिका–१ घोडदौड पिप्रा घर भई वीरगञ्जमै बस्दै आएका ३० वर्षीय दिलीपकुमार पटेललाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।
घटनामा थप एक जनाको संलग्नता देखिएको प्रहरीले जनाएपनि उनको पहिचान नभएकोले खोजी कार्य जारी रहेको जनाएको छ । अपहरणपछि हातखुट्टा तथा मुखमा कपडाको पट्टीले बाँधेर राखेकोमा निरजले डोरी फुकाएर भाग्न खोजेपछि उनको हत्या भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिएका छन् । हत्याको मुख्य उद्देश्य भनेको फिरौती माग्ने रहेको उनको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मंसिर ५ गतेदेखि हराएका निरजको शव ३४ दिनपछि गाउँकै गुरुकुल पन्ना मेमोरियल इङ्गलिस स्कुलको पुरानो भवन अगाडिको सेप्टिक ट्याङ्कीमा पुस १० गते आइतबार साँझ भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता