शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

१४ वर्षीय पासवानको हत्यामा संलग्न भएको आरोपमा २ जना पक्राउ

बुधबार, १३ पुस २०७९, १४ : ३७
बुधबार, १३ पुस २०७९

वीरगञ्ज महानगरपालिका वडा नं २५, सिर्सियाका १४ वर्षीय निरजकुमार पासवानको हत्यामा संलग्न भएको आरोपमा  पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलन गर्दै वीरगञ्ज–१७ अलौं बस्ने कृष्णा भन्ने श्यामप्रसाद यादव र धोविनी गाउँपालिका–१ घोडदौड पिप्रा घर भई वीरगञ्जमै बस्दै आएका ३० वर्षीय दिलीपकुमार पटेललाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । 

घटनामा थप एक जनाको संलग्नता देखिएको प्रहरीले जनाएपनि  उनको पहिचान नभएकोले खोजी कार्य जारी रहेको जनाएको छ । अपहरणपछि हातखुट्टा तथा मुखमा कपडाको पट्टीले बाँधेर राखेकोमा निरजले डोरी फुकाएर भाग्न खोजेपछि उनको हत्या भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिएका छन् । हत्याको मुख्य उद्देश्य भनेको फिरौती माग्ने रहेको उनको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मंसिर ५ गतेदेखि हराएका निरजको शव ३४ दिनपछि गाउँकै गुरुकुल पन्ना मेमोरियल इङ्गलिस स्कुलको पुरानो भवन अगाडिको सेप्टिक ट्याङ्कीमा पुस १० गते आइतबार साँझ भेटिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप