आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी कांग्रेस : संसदीय दलको नेतामा २ जनाको मनोनय दर्ता

बुधबार, १३ पुस २०७९, १४ : ३७
बुधबार, १३ पुस २०७९

गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा २ जनाको मनोनय दर्ता भएको छ ।  कांग्रेस प्रदेश कमिटीले  बुधबार संसदीय दलको नेता छान्न कार्यतालिका तोकिएको थियो । 

सोही अनुसार २ जनाको उम्मेदवारी परेको हो । मनोनय दर्ताको समय २ बजेसम्म तोकिएको थियो । मतदान दिउँसो ३ बजेबाट सुरू हुने निर्वाचन मण्डल जनाएको छ । दलको नेताका लागि सुरेन्द्र पाण्डे र भोजराज अर्यालको मनोनय दर्ता भएको हो । दलको नेता बन्न ४ जनाले आकांक्षी देखाएपनि अन्तिममा २ जनाले मात्र मनोनय दर्ता गरेका हुन् । 

सुरेन्द्र पाण्डेको प्रस्तावक बिन्दुकुमार थापा र समर्थक टकराज गुरूङ छन् । यस्तै, अर्यालका प्रस्तावक महेन्द्रधोज जिसी, पर्वती तामाङ समर्थक छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप