शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाको बैठकमा ७ एजेन्डामा छलफल जारी, सरकारमा सहभागी होला ?

बुधबार, १३ पुस २०७९, १४ : १६
बुधबार, १३ पुस २०७९

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रित कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । पार्टी कार्यालयमा जारी बैठकमा विभिन्न ७ एजेन्डा तय गरिएको छ । 

जसमध्ये मुख्य एजेन्डामा पार्टीको सरकारमा सहभागितासम्बन्धी रहेको छ।  पार्टीभित्र सरकारमा सहभागी हुने नहुनेबारे दुई लाइन रहेको सन्दर्भमा आजको बैठकले ठोस निर्णय गर्ने बुझिएको छ । बैठकले केन्द्रका साथै प्रदेश सरकारमा पार्टीको रणनीति तथा योजनाका विषयमा पनि निर्णय गर्ने प्रवक्ता भुवन पाठकले जानकारी दिए । 

यसैगरी निर्देशन समिति गठन, केन्द्रीय कार्यसमितिको बैठक तय, लेवी र सांसदको स्वकीय सचिव नियुक्तिको विषयमा पनि छलफलको एजेन्डा रहेको छ । यसैगरी पार्टी हित विपरीत गतिविधि गर्नेलाई कारबाही, प्रदेशको सरकारका सन्दर्भमा निर्णय लिन केन्द्रको स्वीकृति लिनुपर्ने लगायतको एजेन्डा बैठकको रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप