बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

माओवादी बागमती दलको बैठक काठमाडौंमा बस्दै

बुधबार, १३ पुस २०७९, १२ : १४
बुधबार, १३ पुस २०७९

नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको संसदीय दलको बैठक पुस १५ गते काठमाडौं बस्ने भएको छ । काठमाडौंको कुन स्थानमा बस्ने भन्ने विषयमा टुंगो लागि नसकेको सांसद सरल सहयात्री पौडेलले बताए । पुस १५ गतेको संसदीय दलको बैठकबाट नेता चयन हुने भएको छ । 

दलको नेतामा सांसद पौडेल र शालिकराम जमरकट्टेलले दाबी गरेका छन् । सर्वसम्मत रुपमा दलको नेता चयन नभएमा चुनावी प्रतिस्पर्धा गर्ने पौडेलले भन्दै आएका छन् । पौडेलले दलको नेता नछोड्ने भएपछि चुनाव हुने सम्भावना देखिएको छ । दलको नेता नै मुख्यमन्त्री बन्न पाउने भएकाले पौडेल र जमरकट्टेलबीच प्रतिस्पर्धा भई रहेको छ । बागमती प्रदेशमा माओवादीका २१ सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप