बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीमा एमाले संसदीय दलको नेता आजै टुङ्ग्याउने तयारी

बुधबार, १३ पुस २०७९, १२ : ०७
बुधबार, १३ पुस २०७९

 कर्णाली प्रदेशमा नेकपा एमालेले संसदीय दलको नेता आज टुङ्ग्याउने भएको छ ।  त्यसका लागि दिउँसो १ बजे बैठक बस्ने तयारी एमाले प्रदेश कमिटीले गरिरहेको छ । एमाले सांसद टेकराज पछाईका अनुसार सकेसम्म सर्वसम्मत तरिकाले दल नेता चयन गर्ने तयारी भइरहेको छ । दल नेताका लागि एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज यामलाल कँडेल र एमाले प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाह आकांक्षी छन् । 

शाहले यसअघिदेखि दल नेताको लागि सम्भावित व्यक्तिमा आफू पर्ने बताउँदै आएका थिए । तर एमालेभित्र कँडेलको विकल्प तत्कालका लागि नभएको एमालेभित्र एक थरी नेताहरूले भनिरहेका छन् । 
कँडेलले सरकारको नेतृत्व गर्ने उद्देश्यसहित दोस्रो पटक पनि प्रदेशमै चुनाव लडेका हुन् ।  

०७४ मा २० सिटसहित पहिलो दल हुँदा पनि एमालेले सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गर्न सकेको थिएन । ४० सिट रहेको प्रदेश सभामा एमालेलाई सरकार बनाउन १ सिट अभाव थियो । 

यो पटक एमाले तेस्रो दलको हैसियतमा छ । १० सिट रहेको एमालेमा कँडेल विकल्पमा दल नेताको दाबी गरिरहेका शाह निकट स्रोतले आफ्नो पक्षमा बहुमत सांसद रहेको बताउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप