आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्डलाई भेट्न खुमलटार पुगे ओली

बुधबार, १३ पुस २०७९, ११ : ५७
बुधबार, १३ पुस २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् । बालकोटबाट ओली भर्खरै प्रचण्ड निवास खुमलटार पुगेको ओलीका प्रेस संयोजक रामशरण बजगाईले बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड सरिनसकेकाले ओली खुमलटार पुगेका हुन् । अध्यक्ष ओली प्रचण्ड निवास जम्मा दुई पटक मात्रै पाइला टेकेका छन् । प्रचण्ड पुत्र प्रकाश दाहालको निधन हुँदा र तत्कालीन नेकपा विभाजन हुनुअघि खुमलटार पुगेका थिए । नेकपा विभाजन भएपछि पहिलो पटक ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । 

ओली प्रचण्डबीच मन्त्रिपरिषद विस्तार, माधव नेपालको पार्टीलाई सरकारमा सहभागी गराउने  विषयमा छलफल हुने स्रोतले जनाएको छ । तत्कालीन नेकपा खेमालाई समेत जोड्ने गरी प्रचण्डले प्रयास थालेका छन् । त्यसैअनुरुप बुधबार बिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रचण्डले भेटेका थिए । नेपाललाई सरकारमा सहभागी गराउने विषयमा छलफल भएको बताएको छ ।

दुई नेताले एकीकृत नेकपा (समाजवादी) अध्यक्ष माधवकुमार नेपाललाई पनि खुमलटार बोलाएका छन् ।  यसअघि २ वर्षअघि ओली २०७७ साल पुस ४ गते प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप