सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

डेढ–डेढ करोड पुरस्कार राशीको ‘मेरो भ्वाइस र मेरो डान्स यूनिभर्स’ घोषणा

बुधबार, १३ पुस २०७९, ११ : ५२
बुधबार, १३ पुस २०७९

नेपालकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शा ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’ आयोजना हुने भएको छ । आयोजक इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले बुधबार साँझ काठमाडौंको होटल मेरियटमा एक कार्यक्रमको आयोजनासहित शोको घोषणा गरेको हो ।

यसअघि ‘मेरा डान्स कप र मेरो भ्वाइस कप यूएसए’ को आयोजना गरिसकेको इन्ट्रा फाउन्डेशनले अब विश्वभर छरिएर रहेका नेपाली भाषीहरुलाई समेटर दुई रियालिटी शोको आयोजना गर्न लागेको हो । १६ वर्ष माथिका नेपाली भाषीहरुले यो प्रतियोगितामा भाग लिन पाउने प्रतियोगितामा भाग लिन चाहने नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउललोड गरेर आफ्नो नाम आवेदन दिन सक्नेछन् ।

यी दुवै रियालिटी शोका विजेताले १–१ करोड पुरस्कार समेत पाउनेछन् । नेपालमा आजसम्म यति ठूलो धनराशीमा कुनै पनि रियालिटी शो आयोजना भएको छैन । यस्तै, दुबै रियालिटी शोको फस्ट रनरअपले ३०–३० लाख र सेकेन्ड रनरअपले २०–२० लाख पुरस्कार राशी प्राप्त गर्नेछन् ।

हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्ने फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बताए । ‘हाम्रो पहिचान नै हाम्रो भाषा, संकृति र दुःखमा परेकाहरूलाई मद्दत गर्नुपर्छ’ उनले भने, ‘फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो ।’

घोषणा समारोहमा दुवै रियालिटी शोका निर्णायक मण्डलहरूलाई समेत परिचय गराइएको थियो । ‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान छन् । यस्तै, ‘मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बीसी, केकी अधिकारी, प्रियंका कार्की, नरमन राई छन् ।

यी दुवै शो को निर्देशन एलिन श्रेष्ठले गर्नेछन् । फाउन्डेशनले नेपाल बाहेक म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका देशहरूबाट पनि नेपाली भाषीहरुको बृहत सहभागिता रहने अपेक्षा गरेको छ ।
कार्यक्रममा वरिष्ठ संगीतकार रञ्जित गजमेर र नायक राजेश हमालले फाउन्डेसनले गर्दै आएका कामको प्रशंसा गरे । उनीहरूले, फाउन्डेसनले नेपाली कला, संस्कृति विश्वमाझ परिचित गराउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप