कर्णालीमा माओवादीले आज दल नेता छान्दै, सर्वसम्मत गर्ने प्रयास
बुधबार, १३ पुस २०७९, ११ : ४७

कर्णालीमा नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको नेता आज छान्दै छ । त्यसका लागि प्रदेश कमिटीको बैठक बसिरहेको छ । दल नेताका लागि चार जनाले दाबी पेश गरेका छन् ।
मंगलबार बसेको प्रदेश समन्वय समितिको बैठकमा रुकुम पश्चिमका राजकुमार शर्मा (आर्ट), कालिकोटका दुर्गबहादुर रावत र सुर्खेतका कृष्ण जिसी (जितेन्द्र) र विन्दमान विष्टले दल नेताका लागि दाबी पेश गरेका थिए ।
माओवादीका प्रदेश इञ्चार्ज कालिबहादुर मल्लले आज नै दल नेताको टुङ्गो लगाउने गरी बैठक जारी रहेको रातोपाटीलाई जानकारी दिए । उनका अनुसार दल नेता सर्वसम्मत तरिकाले टुङ्ग्याइने छ ।