आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

संसदीय दलको नेता चयन गर्ने दिन जसपाका अध्यक्ष उपेन्द्र यादव जनकपुरमा

बुधबार, १३ पुस २०७९, १० : ४४
बुधबार, १३ पुस २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालले आज संसदीय दलको नेता चयन गर्दैछ । तर पार्टी अध्यक्ष उपेन्द्र यादव भने आज बिहानै जनकपुर उडेका छन् । आफू संसद्मा नरहेको कारण संसदीय दलको नेता चयनमा कुनै हस्तक्षेप नगर्ने र बैठकमा पनि नरहने भन्दै उनी जनकपुर उडेका हुन् ।

जनकपुर जाने तयारी गरिरहँदा पार्टीका नेताहरूले यादवलाई जनकपुर नजान आग्रह गर्दै भनेका थिए, नेता चयन गर्ने समय तय भइसकेको छ तपाई जनकपुर जान लाग्नु भएको हो चयन गरेर जाँदा हुन्थ्यो नि । जवाफमा अध्यक्ष यादवले भनेका थिए, ‘म अहिले संसदमा छैन, बैठकमा बस्न मिल्दैन साथीहरूले गरिहाल्नु हुन्छ नि ।’ ​संसदीय दलको नेता चयन गर्नका लागि आज ११ बजेदेखि निर्वाचन प्रकृया सुरु हुनेछ भने तीन बजे मतदान हुने समय तालिका तय भएको छ । तर त्यसअघि नै यादवले काठमाडौँ छाडेका छन् । 

यसअघि अध्यक्ष यादवले संसदीय दलको नेता सहमतिमा चयन गर्नका लागि प्रयास गरेका पनि सहमति हुन सकेन । चुनावी प्रकृयामा जानुअघि पनि लागि सहमतिको प्रयास हुने बताइएको छ । अध्यक्ष यादवले भने, ‘आज सहमतिमै संसदीय दलको नेता चयन हुन्छ । संसदीय दलको नेता चयनका लागि संसदमा रहेका पार्टीका नेताहरू छलफलमा छन्, उनीहरूले सहमतिमा टुंग्याउनेमा म विश्वस्त छु ।' 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप